शेयर बजारमा झिनो अंकको गिरावट

तु खबर संवाददाता
२०८० जेष्ठ १, सोमबार १६:५३

काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ३.३४ अंकले घटेर १८१८ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर किनबेच हुँदा ७२ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । सर्वाधिक निर्जीवन बीमा उपसूचक शुन्य दशमलव ६२ प्रतिशतले घटेको छ ।