प्रदेश प्रमुख शर्माद्वारा प्रदेश सभाको बैठक आह्वान

तु खबर संवाददाता
२०८० जेष्ठ १, सोमबार १५:४०

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभाको बैठक आह्वान गरेका छन् ।

प्रदेश प्रमुख शर्माले बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएबमोजिम यही जेष्ठ ९ गते अपराह्न १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश प्रमुख शर्माको सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सभामा नेपाली काँग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।