समाचार
संदीय संसदको दुबै सदनमा ईहाजिरी गर्ने तयारी
काठमाडौं । संघीय संसद अन्तरग पर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सांसदहरुको डिजिटल उपस्थिति (ईहाजिरी) को सुरुवात गर्ने तयारी भएको छ । सांसदहरुको उपस्थितिलाई वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी पनि संसद सचिवालयको छ । यो दुवै तयारीलाई थप तीव्रता दिन संसद सचिवालयलाई सभामुख देवराज घिमिरेको निर्देशन छ । आइतबार...
एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने
काठमाडौं । नेकपा एमालेले यही बैशाख २८ गते झापामा बोलाएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा नै बस्ने भएको छ । यसअघि बैशाख २८ देखि ३० गतेसम्म झापामा बस्ने भनिएको बैठक एमालेले अन्तिम समयमा काठमाडौंमा नै बस्ने भएको हो । पार्टीका केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार, संसदको बजेट अधिवेशन सुरु...
मुगुको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोरा रहेका छन् । यार्सा सङ्कलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु...
शहिद स्मारक लिग अन्तरगत आज दुई खेल हुँदै
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुनेछ। सो...
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा सुनुवाइ हुने भएको हो । यसअघि जाहेरवालाको तर्फबाट चार कानून व्यवसायीहरूले बहस गरेपछि सुनुवाइ स्थगित भएको थियो । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा...
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती,...
आज पत्रकारिता दिवस मनाइँदै
काठमाडौं । आज विभिन्न कार्यक्रम गरी ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर बैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रुपमै मनाउन मान्यता दिएपछि यो दिवस बैशाख २४ गते मनाउन...
पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु
जनकपुरधाम । धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नम्वर २४ बसहियास्थित गोगल प्रसाद...
संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुने
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा आज अपराह्न ४ बजेका...
१२६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
हेटौंडा । हेटौंडा–१७ हटियास्थित प्रस्तावित जगदगुरु चिकित्सालय स्थलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय २६ जनाको स्वास्थ्य परिक्षण गरीएको छ । शनिबार सम्पन्न शिविरमा नाक, कान तथा घाँटी, जेनेरल फिजिसियन र फिजियोथेरापी सम्बन्धी स्वास्थ्य जाँच गरिएको हो । मासिक रुपमा संचालन हुने उक्त शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाक,...









