समाचार
अमेरिकन डिभीको रिजल्ट आज आउँदै
काठमाडौं । अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ । अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभी...
नक्कली नोटसहित काठमाडौंबाट दुई जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले रु पाँच सय र एक हजारको नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाई...
मिटरब्याजीलाई सात वर्षसम्म कैद
काठमाडौं । मिटरब्याज कसुर स्थापित भएमा सात वर्षसम्म कैद हुने भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएको छ । अध्यादेशअनुसार मिटरब्याज कसुर ठहर भएमा कसुरदारलाई सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिवाना हुनेछ । अध्यादेशले मुलुकी अपराध संहिता, देवानी संहिता, देवानी कार्यविधि संहिता,...
लाइसेन्स छाप्न फेरि ढिलाइ
काठमाडौं । छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को सङ्ख्या वृद्धि भइरहेको छ । एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ । यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति लाइसेन्स छाप्छ तर माग भने छ हजारभन्दा बढी छ । तीन चरणमा...
आज यी प्रदेशहरूमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । साथै कोशी प्रदेश,...
मलेसियामा बुद्ध जयन्ती र भेशाख दिवस २०२३ मनाइयो
मलेसिया । मलेसियास्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ मलेसिया र मलेसियामा रहेका नेपाली संघ–संस्थाहरुको आयोजनामा बुद्ध जयन्ती र भेशाख दिवस २०२३ मनाइएको छ । बुधबार एक कार्यक्रमबीच मलेसियास्थित क्वालालम्पुरको कन्दियाह हलमा बुद्ध जयन्ती र भेशाख दिवस २०२३ मनाइएको हो । मलेसियाका लागि नेपाली राजदूत महामहिम डिल्ली पौडेलले कार्यक्रममको कार्यक्रमको...
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक बैशाख २७ गते बुधबार बस्ने गरी बोलाइएको हो । बैठक केन्द्रीय पार्टी कार्यालय बिहान ११ बजे बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।
रास्वपा केन्द्रीय समिति बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक हाल जारी छ । बैठक पार्टी कार्यालय बसुन्धारामा केहीबेर अघि सुरु भएको हो । बैठकले सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो ।...
करेन्टले लियो ट्रक चालकको ज्यान
बाँके । बाँकेमा शुक्रबार बिहान करेन्ट लागेर ट्रक चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको राप्तीसुनारी गाउँपालिका–२ समशेरगंज बस्ने ३२ वर्षीय खुमबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान भीमदत्त नगरपालिकाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३९५३ नम्बरको ट्रकले बिजुलीको मेन लाइनमा छुँदा चालकको ज्यान...
जसपाले जनप्रतिनिधिको विवरण समावेश भएको पुस्तिका प्रकाशन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले जनप्रतिनिधिहरूको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको गत आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । स्थानीय तहदेखि संघीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।...










