जसपाले संसदीय दलको नेता चयनपछि मात्रै मन्त्री पठाउने

तु खबर संवाददाता
२०८० बैशाख २९, शुक्रबार १८:१३

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकारमा थप मन्त्री पठाउने भएको छ ।

भागबण्डमा दुई वटा मन्त्रालय पाएको जसपाले एउटा मन्त्री पठाउन बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जसपाका लागि वन मन्त्रालय राखिरहेका छन् भने सो पार्टीले मन्त्री नपठाएको कारण सरकारले अझै पूर्णता पाउन सकेको छैन ।

तर, जसपा तत्काल मन्त्री पठाउने पक्षमा नदेखिएको हो । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संसदीय दलको नेता चयन गरेपछि मात्र जसपाले थप मन्त्री पठाउने बताए ।

यसअघि संसदीय दलको नेतामा चयन भएका रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो पद खाली थियो । उपनिर्वाचनबाट निर्वाचित भएर आएसँगै अध्यक्ष उपेन्द्र यादवलाई संसदीय दलको नेता बनाउन जसपाले प्रक्रिया सुरु गरिसकेको छ ।