हेटौंडामा परीक्षा दिँदै गर्दा पक्राउ परे एक फरार प्रतिवादी

तु खबर संवाददाता
२०८० बैशाख २९, शुक्रबार १७:१५
सांकेतिक तस्बिर

मकवानपुर । हेटौंडामा कक्षा १२ को परीक्षा दिइरहेको समयमा मकवानपुर प्रहरीले परीक्षा हलबाट कर्तव्य ज्यान मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको वृन्दावन नगरपालिका–३, का २२ वर्षीय विवेक यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, हेटौंडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रमा परीक्षा दिइरहेका यादवलाई परीक्षा हलबाटै पक्राउ गरिएको हो ।

यादवलाई ६ महिना अगाडि कर्तव्य ज्यान कसुरमा मुद्दा परेको थियो । पक्राउ परेका यादवलाई रौतहट पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।