थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०८० बैशाख २९, शुक्रबार १७:३५
file-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।

सो अवधिमा ९१६ नमुनामध्ये २६० जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाको संक्रिय संक्रमितको संख्या १२९ पुगेको छ । मन्त्रालयका अनुसार, हाल संस्थागत आईशोलेशनमा ११ जना, आईसीयूमा ३ जना र भेन्टिलिटरमा १ जना उपचाररत छन् ।

शुक्रबार मात्रै १२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।