समाचार

आज उधौली पर्व मनाइँदै

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्त रूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा...

‘गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय हो’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् । २५६७ औँ बुद्ध जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको...

आजको मौसम : पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी...

आज २५६७ औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदै छ । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो...

थाइल्याण्ड पठाइदिन्छु भन्दै साढे ३ लाख ठग्ने एक जना पक्राउ

काठमाडौं । थाइल्याण्ड पठाइदिन्छु भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको बालुवा घर भई काठमाडौंको टोखा बस्ने ३१ वर्षीय नन्दलाल महतो रहेका छन् । उनले भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि थाइल्याण्ड पठाईदिन्छु भन्दै साढे ३ लाख रुपैयाँ ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,...

कोरोना र डेंगु संक्रमणबाट एक युवकको मृत्यु

कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस (कोभिड–१९) र डेंगु संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’ मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए । नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका ती...

प्राविमा स्थायी शिक्षकका लागि १ लाख १२ हजारले दिए आवेदन

काठमाडौं । प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले गत चैत्र ९ मा विज्ञापन आह्वान गरेको थियो । खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।...

मकवानपुरको गोगनेमा स्वास्थ्य शिविर, ३ सय जनाले लिए सेवा

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले ५ नम्बर वडास्थित गोगने चौकीटारमा आयोजना गरेको स्वास्थ्य शिविरमा करिब ३ सय जना स्थानीयले विभिन्न किसिमका स्वास्थ्य सेवा लिएका छन् । बुधबार गोगने स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दन्त रोगसम्बन्धी उपचार, प्रजनन् स्वास्थ्य सेवा, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजन सेवा, पाठेघरको मुखको...

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न पाइने

काठमाडौं । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरुलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भएपनि अबदेखि भने अनलाइनबाट...

नवनियुक्त ३ मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त ३ मन्त्रीले आज बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गराएका हुन् । नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हिजो बुधबार मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री पुष्पकमल...