एमाले केन्द्रीय समिति बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८० बैशाख २९, शुक्रबार ०८:०९

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठक शनिबारसम्म संचालन हुनेछ ।

केन्द्रीय समिति बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेण्डन पेस गरेका थिए ।

आजको बैठकमा हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन प्रस्तुत गरिने र त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।