समाचार
स्थानीय तहसँग बेरुजुको कारणसहित प्रतिवेदन पेस गर्न निर्देशन
काठमाडौं । स्थानीय तहमा देखिएको बेरुजु र भए गरेका वित्तीय अनुशासनको उलङ्घनको विषयमा संघीय सरकारको ध्यान आकृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखाको ६० औं प्रतिवेदनले औंल्याएअनुसार स्थानीय तहमा भएको बेथितिबारे कारणसहित प्रतिवेदन मन्त्रालयमा पठाउन देशभरका स्थानीय तहलाई निर्देशन गरेको छ । मन्त्रालयले बेरुजुको कारणसहित...
संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा आगामी बैशाख २४ गतेका लागि अधिवेशन आह्वान गरिएको हो । प्रवक्ता सागर आचार्यका अनुसार, नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को बैशाख २० को सिफारिसमा सम्वत् २०८० साल बैशाख...
आज देशका पहाडी भू–भागमा वर्षाको सम्भाना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर मौसम प्रतिकूल देखिएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी...
मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिने भएका छन् । उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिनको लागि गण्डकी प्रदेश सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे नेकपा...
‘पत्रकारिताको नाममा भइरहेका विकृति नियन्त्रण गर्न आवश्यक’
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले पछिल्लो समय पत्रकारिताको नाममा डिजिटल मिडियामार्फत् भइरहेका विकृति नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । मन्त्री श्रेष्ठले बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै सो कुरा बताएका हुन् । उनले श्रमजीवी पत्रकारको क्षमता विकास गर्न सिप विकासका...
पूर्व गृहमन्त्रीका छोराविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको अदालत स्रोतले जनाएको छ । थापाले बुबा गृहमन्त्री भएका...
सचिव पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सिंहदरबार वृत्तको हिरासतमा राख्न...
कांग्रेसका ३ नेता सरकारमा सहभागी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् । प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका...
बैकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ
काठमाडौं । उच्च अदालत पाटनको फैसलाअनुसार जरीवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २६ लाख बैंकिङ कसूर मुद्दामा फरार रहेका काठमाडौंको बानेश्वरका राजेन्द्रकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठको नामको स्वतन्त्र जायजेथा समेत फेला नपरेकोले विगो बापत २ वर्ष कैद सजाय ठहर...
बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक जारी
काठमाडौं । सत्ता गठबन्धनको बैठक हाल जारी छ । गठबन्धन दलका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो । बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ । उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपाले...









