समाचार

मकवानपुर जागरण अभियानका अध्यक्ष कोइराला पक्राउ

मकवानपुर । मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला पक्राउ परेका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो । कोइरालाले ‘मानव तस्करीको आरोप लागेकी कांग्रेस नेतृ आरजु राणालाई आज हेटौंडामा सार्वजनिक रुपमा बहिस्कार...

‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन

काभ्रे । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बुधबार साँझ बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०६२ चैत्र २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए ।...

आगोमा जलेर घाइते भएका एक जनाको मृत्यु

दैलेख । दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–६ का भैरे विक रहेको प्रहरी कार्यालय दैलेखले जनाएको छ । दैलेख प्रहरीका अनुसार, नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो । आगोमा जलेर...

क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौंको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्राती रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनले बाबुराम सापकोटासमेत चार...

राजनीतिक मुद्दा फिर्तासम्बन्धी विधेयक संसदमा

काठमाडौं । सरकारले विभिन्न समयमा राजनीतिक दल वा समूहसँग गरेका सम्झौता अनुसार मुद्दा फिर्ता लिनका लागि फौजदारी कार्यविधि संहिता संशोधनको प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले यस्तो प्रस्ताव गरेको हो। जुनसुकै तहको अदालतमा विचाराधीन रहेका मुद्दा फिर्ता लिन सकिने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयकमा...

बालकृष्ण खाँण पक्राउ बारेमा छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । हिजो बुधबार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र...

भारतीयको कुटाइबाट नेपाली युवकको मृत्यु

भैरहवा । सीमावर्ती भारतीय गाउँमा शङ्कास्पद रूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ । स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अतिविपन्न अवस्थाका यादव घर...

शिवमको खानीले जोखिम निम्त्याउँदै, संसदमा उठ्यो सामरी खोलाको मुद्धा

मकवानपुर । हेटौंडाको हटियामा रहेको शिवम सिमेन्ट उद्योगले अव्यवस्थित रुपमा खानी सञ्चालन गरी चुनढुङ्गा उत्खनन् गर्दा सामरी खोलामा बाढी आउने जोखिम बढेको भन्दै स्थानीयवासी चिन्तामा परेका छन् । मकवानपुरगढी गाउँपालिकाको धादिङ, भालुखोला, कुर्ले, बुङ्दल, कालिखोलालगायत क्षेत्रका बासिन्दा चिन्तामा परेका हुन् । उद्योगले गढी गाउँपालिका र बकैया गाउँपालिकामा पर्ने लटरम्मेश्वर...

मौसम पूर्वानुमान : यी प्रदेशमा क्षणिक वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको...

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुने भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने भएको हो । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग...