समाचार

थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५३२ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । सो अवधिमा ३३६ पीसीआर परीक्षणमा २७ र २ हजार १९६ एन्टिजेन परीक्षणमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयले...

राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले पहिलो...

बुधबार ९ अंकले घट्यो नेप्से, ६२ करोड माथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा ९ अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ०.४९ प्रतिशतले घटेर १८५७ विन्दुमा पुगेर रोकिएको छ । नेप्से सूचकसँगै कारोबार रकम समेत घटेको छ । आज कारोबार ६२ करोड १ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ । नेप्सेमा सूचीकृत २६५...

दुर्घटनामा परेर तीन जनाको मृत्यु, पाँच घाइते

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडकखण्डमा बुधबार बिहान सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । डुम्रे तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा...

विधान अधिवेशनको तयारी गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विधान अधिवेशनको तयारीमा जुटेको छ । आगामी जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार, विधानको मस्यौदा तयार भइसकेको र यसका लागि मागिएको सुझाव लगभग ७ वटैै प्रदेशबाट...

संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले आगामी बैशाख २४ गते संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते संसदको दुबै अधिवेशन (बजेट) अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बजेट अधिवेशनमा सरकारको...

मकवानपुरका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले बुधबार बिहान अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ४ कटुन्जेबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

यार्सागुम्बा खोज्न गएका २ जनाको कठ्याङ्ग्रिएर मृत्यु

बझाङ । बझाङमा यार्सागुम्बा खोज्न गएका दुई जनाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाउँपालिका –४ का एक जना र सुर्मा गाउँपालिकाकै –५ का एक जना गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलवार सुर्मा गाउँपालिका – ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको...

दार्चुलाको हिमपहिरोमा परेर पाँच जना बेपत्ता

दार्चुला । मंगलबार दार्चुलाको हिमपहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । जिल्लाको व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्दार गरिएको छ भने ५ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेहरुमा दार्चुलाको दुहुँ गाउँपालिका–४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर,...

मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि अध्यादेशमार्फत कानुन ल्याउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको जानकारी दिइन् । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको...