समाचार
स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ
पर्सा । पर्सामा भारतीय नागरिक स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महागरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भएका ३९ वर्षीय अमित कुमार सिंह रहेका छन्...
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । त्यस्तै, ४ सिट रहेको राप्रपाले भने कतै पनि मत दिएन । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार...
चालू आवको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ । मंगलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने अनुमान गरेको...
नवनिर्वाचित सांसद यादवले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैशाख १० मा सम्पन्न उप–निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै...
बढी सेवा शुल्क लिने लघुवित्तवरुद्ध उजुरी दिन राष्ट्र बैंकको आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा शुल्कको नाममा बढी शुल्क लिने र तोकिएको भन्दा अतिरिक्त शुल्क लिने बैंक तथा वित्तीय संस्थाविरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको छ । खासगरी गाउँ–गाउँ वित्तीय सेवा दिइरहेका (घ) वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुले तोकिएको भन्दा बढी सेवा शुल्क लिएको भन्ने गुनासाकाबीच केन्द्रीय...
क्रिकेट खेलाडीलाई उचित पुरस्कार प्रदान गरिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । मंगलबार प्रचण्डले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने घोषणा गरेका हुन् । प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई ज्ञापन समेत गरेका...
रवि लामिछाने र सिके राउतबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । उनीहरु दुई नेताबीच मंगलबार भेटवार्ता भएको हो । उनीहरुबीच भेटवार्ता भएको तस्बिर रास्वपाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । तस्बिरसहितको पोस्टमा भनिएको छ, ‘नयाँ शक्तिहरू बिचको सौहार्दता :...
पूर्व मन्त्री ‘बादल’ का सल्लाहकार राई पक्राउ
काठमाडौं । पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको हो ।...
निमावि शिक्षकको परीक्षामा करिब २१ प्रतिशत उत्तीर्ण
काठमाडौं । शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निमावि तह, तृतीय श्रेणी शिक्षक पदको नतिजामा करिब २१ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । आयोगले गत बैशाख ९ गते लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको (सामान्य) तर्फको नतिजामा २०.७४ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी ६७ हजार १८० मध्ये १३...
आज रातिदेखि जमुनाह नाका ७२ घण्टासम्म बन्द हुने
बाँके । नेपाल–भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ । भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज रातिदेखि ७२ घण्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो । आगामी बैशाख २१ मा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुँदैछ । जिल्ला प्रहरी कार्यालयका...








