समाचार

मोटरसाइकलको ठक्करबाट बुढाथोकीको मृत्यु

काभ्रे । काभ्रको बनेपा नगरपालिका वडा नम्वर १३ स्थित भैँसेपाटीमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकी रहेका छन् । गएराति काठमाडौँतर्फ जाँदै गरेको बा ६३ प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । दुर्घटनमा...

संसदीय समितिहरूको बैठक बोलाउने तयारी

काठमाडौं । प्रतिनिधि सभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधि सभाको गत शुक्रबारको बैठकले १० वटा विषयगत समितिहरू गठन गरेको छ । यससँगै ससंघीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी...

लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीले सोमबार अपराह्न ३ः१० बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, चौकिटोलस्थित चौकि अगाडि हेटौंडा–भैँसे...

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य यादवले आज शपथ लिँदै

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । बैशाख १० मा सम्पन्न उप–निर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित भएका उनीले आज पद तथा गोपनियताको शपथ लिने भएका हुन् । उनलाई सभामुख देवराज घिमिरले एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउने...

नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन

काठमाडौं । २०७८ मंसिरमा पार्टीको १४ औं महाधिवेशन गरेर नेतृत्व चुनेको दल नेपाली कांग्रेसले नेता चुनेको १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ । कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वमा शेरबहादुर देउवा चुनिएका थिए भने पदाधिकारी र केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए । कांग्रेस विधानमा नेता चुन्ने महाधिवेशन...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले आज पनि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै, आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि...

आजबाट मोदी इनर्जीको आईपीओ निष्काशन हुँदै

काठमाडौं । मोदी इनर्जीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार कित्ता...

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको भाउको विवरण दिएको छ । निगमका अनुसार, पेट्रोल लिटरमा ४ रुपियाँ ३३ पैसा तथा डिजेलमा ४ रुपियाँ ११ पैसा भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण...

विकास पाण्डेको ‘एक नास तिमिलाई हेरिरहुँ’ सार्वजनिक

हेटौंडा । गायक तथा संगितकार विकास पाण्डेको ‘एक नास तिमिलाई हेरिरहुँ’ सार्वजनिक भएको छ । बि एण्ड जी इन्टरटेन्टमेन्ट नेपाल यूट्युब च्यानलमार्फत सो गीत आज सार्वजनिक गरिएको हो । पाण्डेको शब्द, संगीत र स्वरमा तयार भएको गीतको एरेन्ज सुमन तामाङले गरेका छन् । पाण्डेले दर्जन भन्दा बढि गीतमा स्वर...

बागमती प्रदेशमा एकैपटक १८ जना कर्मचारी माग

मकवानपुर । बागमती प्रदेशमा एकैपटक ११ औं तहका १८ जना कर्मचारी माग गरिएको छ । बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले एक सूचना प्रकाशन गर्दै सो बारे जानकारी गराएको हो । सह–सचिव स्तरका कर्मचारीहरु प्रदेशका विभिन्न मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कृषि, अस्पताल निर्देशकका रुपमा नियुक्त गर्ने गरी माग गरिएको हो...