समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा हाल जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको हो । आजको बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
१२ एसएसपीको सरुवा (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८०/०१/२५ गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका १२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सरुवा गरिएको मानव प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले जनाएको छ ।...
दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका थप १ जनाको शव फेला
काठमाडौं । दार्चुलाको हिमपहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । जिल्लाको ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये ईश्वरी थापाको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । २८ वर्षीया ईश्वरी डोटीको जोरायल गाउँपालिका–२ की स्थानीय हुन् । सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट...
बैंकले आधारदर भन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्येक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने गरी सर्कुलर जारी गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देश, २०७९ संशोधन÷परिमार्जन गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । बैंक...
मधेस प्रदेश सभाको बैठक जेठ २ गते बस्ने
जनकपुरधाम । मधेस प्रदेश सभा बैठक आगामी जेठ २ गते बस्ने भएको छ । बैठक जेठ २ गतेका लागि आह्वान गरिएको प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । सचिव यादवका अनुसार, उक्त बैठकमा चार वटा विधेयक पेस गर्ने सरकारको तयारी रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायातसम्बन्धी...
सुनको भाउ प्रतितोला ३ सयले बढ्यो
काठमाडौं । सुनको भाउ मंगलबार थप ३ सय रुपैयाँ वृद्धि भएको छ । भाउ बढेसँगै मंगलबार सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला...
प्रहरी प्रधान कार्यालयद्वारा १८ एसएसपीको पदस्थापन
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ । बढुवाभई सोमबार अहोदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो । पदस्थापन हुने एसएसपीहरुमा विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले,...
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज ३ खेल हुने भएको छ । दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुने भएको हो । खेल दिउँसो ३ बजे र साँझ ६ बजेबाट सुरु हुनेछन् । च्यासलमा ३ बजे सुरु हुने खेलमा सङ्कटा क्लब र रोयल ब्लू...
प्रमुख दलका शीर्ष तीन नेताबीच छलफल जारी
काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । प्रधानमन्त्रीको बोलावटमा नेताहरू बालुवाटार पुगेको अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।...
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस भएका छन् । सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको हो । बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा...










