समाचार
सरकार र महावीर पुनबीच आज पनि वार्ता हुँदै
काठमाडौं । सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुने भएको छ । आइतवार भएको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । वार्तामा सहभागीहरुले आइतबारको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेको बताएका छन् । सोमबार लिखित रुपमा सहमति हुनसक्ने उनीहरुको भनाई...
दुर्घटनामा परेर दुई जनाको मृत्यु
धनगढी । कञ्चनपुरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ मा र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लाको कृष्णपुर नगरपालिका–५ को वनदेवी मन्दिर नजिकै सूपप्र ०२–००–४ प १८४६ नम्बरको मोटसाइकल...
आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशै भरका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका एक–दुई स्थानमा हावा हुरीको सम्भावना रहेको...
आज मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै
मकवानपुर । आज मे महिनाको १ तारिख, संसारभरि नै वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाईदैछ । यसलाई मे दिवस भनेर पनि चिनिन्छ । मे दिवसलाई समाजवाद अनि कम्यूनिज्मसँग तथा क्यूबा र पूर्व शोभियत यूनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ । तर, यस दिनलाई श्रमिक अधिकारको वकालत...
मजदुरको हकहितका लागि नेपाल परिवार दल सदैव लागिरहने छः ढकाल
हेटौंडा । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले मजदुर वर्गका समस्यालाई समाधान गर्दै उनीहरुको हकहित तथा सम्वर्द्धन गर्न आफुहरु लागिरहने उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्यसमेत रहेका ढकालले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देशमार्फत् नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना...
आज शेयर कारोबार बन्द रहने
काठमाडौं । शेयर बजार सोमबार बन्द रहने भएको छ । बैशाख १८ गते सोमबार सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । अब शेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचिकृत २७१...
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । आज बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने भएको हो । उप–निर्वाचनबाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आएपछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको...
‘मजदुरहरुले देश निर्माणका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन हुनुपर्छ’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मजदुरहरुले देश निर्माणका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएका छन् । आज मे १ मा मनाइँदै गरिएको १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले आफ्नो अधिकारका लागि लड्ने मजदुरहरुको विशेष दिनलाई स्मरण गरिरहँदा उनीहरुले देश...
सर्पले टोकेर हेटौंडाका कँडेलको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, बस्तिपुरमा आईतबार सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय सोनु कँडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, आईतबार कँडेलले घर नजिकै रहेको जङ्गलबाट सर्प ल्याएका...
गण्डकी प्रदेशका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही बैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख २१ गते अधिवेशन आहन गरेका हुन् । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । बैशाख १४ गते पाण्डे...









