मकवानपुर ट्राफिकद्वारा २ करोड ४५ लाख राजश्व संकलन

तु खबर संवाददाता
२०८० बैशाख २५,सोमबार १८:५०

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा झण्डै साढे २ करोड राजश्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले गत साउन महिनादेखि चैत्र महिलासम्ममा २ करोड ४५ लाख ८९ हजार पाँच सय रुपैया राजश्व संकल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिए ।

सो अवधिमा सबैभन्दा धेरै राजश्व चैत्र महिनामा संकलन भएको हो । उक्त ४ हजार २५० सवारी कारबाही मार्फत ३० लाख ९२ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक आचार्यले बताए ।

यस्तै, साउन महिनामा ७६४ सवारी साधन कारबाहीबाट २४ लाख ६ हजार पाँच सय, भाद्र महिनामा ५७६ सवारी साधन कारबाहीबाट २४ लाख ४९ हजार, असोज महिनामा ५५३ सवारी साधन कारबाहीबाट २५ लाख ५७ हजार, कात्तिक महिनामा ६ सय ४९ सवारी कारबाहीबाट २९ लाख ७५ पाँच सय राजश्व संकलन गरिएको प्रहरी निरीक्षक आचार्यले बताए ।

यसैगरी, मंसिर महिनामा ५२९ सवारीसाधन कारबाहीबाट २२ लाख ५२ हजार पाँच सय, पुस महिनामा ६ सय ५८ सवारी कारबाहीबाट २९ लाख १० हजार, माघ महिनामा ५ सय ९७ सवारी कारबाहीबाट ३० लाख ४७ हजार पाँच सय, फागुन महिनामा ६ सय ४२ सवारी कारबाहीबाट २७ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी निरीक्षक आचार्यले बताए ।