प्रहरी प्रधान कार्यालयद्वारा १८ एसएसपीको पदस्थापन
काठमाडौं । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज तथा पदस्थापन गरेको छ । बढुवाभई सोमबार अहोदाको फूली लगाएका एसएसपीहरुलाई प्रहरी मुख्यालयले मंगलबार पदस्थापन गरेको हो ।
पदस्थापन हुने एसएसपीहरुमा विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासिनी, दिप शम्शेर जबरा, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रबिण पोखरेल, गंगा पन्त, कृष्ण बहादुर पल्लीमगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् ।
अधिकारीको अन्वेषण योजना तथा विकास निर्देशनालय, खत्रीलाई प्रहरी महानिरीक्षकको सचिवालय (काज), भट्टराईलाई महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, ओम अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खनाललाई सुपरिवेक्षण तथा अनुगमन महाशाखा, काफ्लेलाई मानवस्रोत विकास विभाग, राठौरलाई कार्य विभाग, मरासिनीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, जबरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पदस्थापन गरिएको छ ।
यसैगरी, पाण्डेलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (काज), मैनालीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय (रानीपोखरी), भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, पोखरेललाई मधेस प्रदेश प्रहरी कार्यालय धनुषामा, पल्ली मगरलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, पोख्रेललाई प्रशासन विभाग (काज), थापालाई कार्य विभाग (काज) र महर्जनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीमा पदस्थापन गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।
