१२ एसएसपीको सरुवा (सूचीसहित)

तु खबर संवाददाता
२०८० बैशाख २६, मंगलवार १६:३७

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८०/०१/२५ गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका १२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सरुवा गरिएको मानव प्रहरी प्रधान कार्यालय, मानव श्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

शाखाका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘गृह मन्त्रालय, सिंहदरबारको च.नं./प्र.प्र.टि. १३१/८७०, मिति २०८०/०१/२५ गतेको पत्र प्राप्त हुन आएको हुँदा सोही व्यहोरा अभिलेखमा जनाई दिनु हुन अनुरोध गरिएको छ । साथै उल्लेखित व्यहोरा अवगत गर्नु भई आवश्यक कारवाही गर्नु गराउनु हुन सम्बन्धित कार्यालयहरुलाई यसै पत्रको बोधार्थद्वारा अनुरोध गरिएको छ ।’

हेर्नुहोस् सूची ।