नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ

तु खबर संवाददाता
२०८० बैशाख २६, मंगलवार १८:३६

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप दुुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेकाहरुले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरुको पनि संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।