हेटौंडास्थित वनस्पतिका ५६ घरधुरीलाई लालपुर्जा वितरण
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ वनस्पतिमा बस्दै आएका ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग मकवानपुरले मंगलबार एक कार्यक्रमबीच उनीहरुलाई लालपुर्जा वितरण गरेको हो ।
२०५० सालको साउनमा आएको बाढीपहिरोले घरबिहीन भएकाहरुलाई २०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका–१३ वनस्पतिमा ताइवानी सरकारको सहयोगमा बाढीपीडितहरुका लागि ४०२ वटा घर बनेको थियो ।
वनस्पतिमा निर्माण गरेको ४०२ घरमध्ये ७४ घरधुरीले लालपूर्जा पाएका थिएनन् । अहिले राष्ट्रिय भूमि आयोग मकवानपुरले तीमध्ये ५६ घरधुरीलाई लालपुर्जा वितरण गरेको हो ।
बाँकी १८ जनाले राजस्व नतिरेका कारणले लालपूर्जा पाउन नसकेको र उनीहरुले राजस्व तिर्ने बित्तिकै लालपुर्जा पाउने आयोगका अध्यक्ष विष्णु दाहालले जानकारी दिए ।
