करेन्टले लियो एक जनाको ज्यान

तु खबर संवाददाता
२०८० बैशाख २६, मंगलवार १७:५२
file-photo

पाल्पा । पाल्पा जिल्लाको रामपुर नगरपालिकामा करेन्ट लागेर एक एक पुरुषको ज्यान गएको छ । रामपुर नगरपालिका–५ भम्बक बस्ने ३४ वर्षीय गोविन्द कुमालको मंगलबार बिहान करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।