मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ १६,बुधबार १७:४३
file-photo

मकवानपुर । मकवानपुरमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५, बाघखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय १३ वर्षीय रोहित रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, सडक निर्माणको लागि स्थापना भएको अमर कन्ट्रक्सनको बाघखोर क्रसर उद्योगको ट्रान्सफरको विद्युत प्रवाह भइरहेको तारमा छुन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।