समाचार
कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न पछि हट्दिन : गृहमन्त्री
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे ।...
वनमा लागेको आगो निभाउन जाँदा १२ मजदुर घाइते
दैलेख । दैलेखको आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुला मेला सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा १२ जना मजदुरहरू घाइते भएका छन् । आठबिस नगरपालिकाका उपप्रमुख कल्पना थापाका अनुसार वन क्षेत्रमै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्माण कार्य हुँदै थियो । निर्माण कार्यमा सहभागी मजदुरहरू आगो निभाउने घाइते भएको उनले...
विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा केन्द्रीय समिति बैठक आह्वान गरिएको छ । बैठक आगामी जेठ ११ गतेदेखि कपिलवस्तुको शिवगढीमा बस्ने गरी आह्वान गरिएको हो । पछिल्लो समय स–साना पार्टीहरुसँग एकता गरेपछि एकता सहितको केन्द्रीय समिति बैठक बस्ने सचिवालय सदस्य सन्तोष बुढामगरले जानकारी दिए । बैठकमा आगामी कार्ययोजना...
थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा ५०५ जनाको नमुना परीक्ष गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमितको संक्रिय संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा...
झिनो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीको १९ लाख ३७ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा जम्मा ५८ करोड...
एमालेद्वारा टोपबहादुर रायमाझी निलम्बित
काठमाडौं । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी गराएका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले वारेन्ट जारी गरेसँगै फरार रहँदै...
सरकारी कोषमा १ खर्ब ९१ अर्ब नगद मौज्दात
काठमाडौं । केन्द्रीय बैंकले चैत्र मसान्तसम्म सरकारी कोषमा १ खर्ब ९१ अर्ब ३७ करोड रुपैयाँ नगद मौज्दात रहेको जनाएको छ । बुधबार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले संघीय सरकार र स्थानीय सरकार (प्रदेश सरकार र सबै स्थानीय तहको समेत गरेर) यस्तो रकम मौज्दात रहेको...
पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत लगियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा आज बिहान पक्राउ परेका खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लगिएको हो । उनलाई बुधबार बिहान आफ्नै निवासबाट पक्राउ गरिएको उपत्यका...
सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ पुग्यो
काठमाडौँ । निरन्तर उकालो लागेको सुनको भाउ बुधबार थप ४ सय रुपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला...
हेटौंडा जेसिजको आयोजनामा पब्लिक स्पिकिङ प्रतियोगिता हुने
मकवानपुर । हेटौंडा जेसिजको आयोजनामा पब्लिक स्पिकिङ्ग कार्यक्रम हुने भएको छ । युवाहरुको नेतृत्व विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जेसिज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार वर्तौलाले जानकारी दिए । यसै कार्यक्रम अन्तरगतको पहिलो चरणको प्रतियोगिता जेठ ६ गते, दोस्रो जेठ १३, तेस्रो जेठ १५, चौथो जेठ...










