समाचार

पोल्ट्री व्यवसायी कँडेल मृत अवस्थामा फेला

चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भरतपुर महानगरपालिका वडा नम्वर ३, बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनी अनमोल फिड्सका सञ्चालक हुन् । कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत...

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । आज मे ३ अर्थात आज विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उद्देश्यसहित विभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर मनाइँदै छ । ‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आज विश्वभरी प्रेस स्वतन्त्रता दिवस विभिन्न...

अप्रिल महिनामा झण्डै १ लाख पर्यटक भित्रिए

काठमाडौं । गत अप्रिल महिनामा झण्डै १ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अप्रिल, २०२३ मा सबै देशबाट गरी कुल ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो हवाई मार्ग प्रयोग गरेर आएका पर्यटकहरुको संख्या मात्र हो । यद्यपि, यस्तो संख्या बाई बस...

हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता

धनगढी । बझाङमा हिमपहिरोमा पुरिएर एक जना महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका–१ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर एक जना महिला बेपत्ता भएकी हुन् । बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, हिमपहिरोमा पुरिएर बेपत्ता भएकी बोहरा...

एमाले सांसद कोइरी निलम्बित

काठमाडौं । हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । सभा संचालन नभएको अवस्थामा...

मोटरसाइकल चोरी गर्ने दुई जना प्रहरीको फन्दामा

काठमाडौं । काठमाडौंबाट मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका २५ वर्षीय लोकबहादुर पाख्रिन र काभ्रे घर भएका २८ वर्षीय सुजन तामाङ रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।...

यातायात कार्यालयका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो । भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५...

थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्‍ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको...

झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ४.२७ अंकले घटेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।आज मार्केट घटेसँगै कारोबार...