पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत लगियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा आज बिहान पक्राउ परेका खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लगिएको हो ।
उनलाई बुधबार बिहान आफ्नै निवासबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगिएको हो ।
