पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले पक्राउ गरेको हो ।
उनलाई कुन मुद्दामा पक्राउ गरेको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ ।
इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर इमरान खानको गाडीलाई रेन्जरले घेरेका थिए ।