पाकिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु

एजेन्सी
२०७९ आश्विन १०,सोमबार १६:१०
file-photo

पाकिस्तान । पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुई पाइलटसहित ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही शोएबऔर मुहम्मद रहेका छन् ।

केही समयअघि बलुचिस्तानमा नै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा लेफ्टिनेन्ट जेनरल सरफराज अलीसहित छ जनाको मृत्यु भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गरेका छन् । –बीबीसी