मकवानपुरका ५० घरधुरीलाई निःशुल्क सुधारिएको चुला वितरण

तु खबर संवाददाता
२०८० बैशाख २७,बुधबार १०:१८

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ र ५ का ५० घरधुरीलाई निःशुल्क सुधारिएको चुलो वितरण गरिएको छ ।

थाहा नगरपालिकाको समन्वयमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र च्वाइस नेपालको सहकार्यमा थाहा नगरको दामन सिमभञ्ज्याङ क्षेत्रका ५० घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको हो ।

थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्ट र वडा अध्यक्ष नारायण लामाले मंगलबार एक कार्यक्रमबीच स्थानीयहरुलाई चुलो हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ३३ प्रतिशत अनुदानमा उपलब्ध हुने चुलोका लागि बाँकी रकम थाहा नगरपालिकाको विकास साझेदारको रुपमा क्रियाशिल संस्था च्वाइस नेपालको वातावरण सुधार कार्यक्रम अन्तर्गत लगानी रहेकोे च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले जानकारी गराए ।