मकवानपुरमा पानीमा डुबेर एक बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५ दरदरामा मंगलबार साँझ पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय कल्पना थिंङको छोरी अन्दाजी १ वर्षीया सरिना डिमडुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, ती बालिका मंगलबार साँझ साढे ६ बजेको समयमा आफ्नै घरको दक्षिण दिशामा रहेको कुलोमा खेल्ने क्रममा अचानक बगाई १ कि.मि. तल पुर्याउदा बेहोस् भएकी थिइन् ।
बेहोस् उनलाई तत्काल उद्दार गरी हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा चिकित्सकले ७ः९ बजेको समयमा मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
तीन बालिको शव पोष्टमार्टमको लागि सोही अस्पालमा राखिएको जनाइएको छ ।
