समाचार
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, मोरङ, दाङ र झापा गरी चार छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१३, बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका–९ बस्ने...
शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीले पाए आशय पत्र
काठमाडौं । शेयर ब्रोकर लाइसेन्सका लागि थप १३ नयाँ कम्पनीले आशय पत्र पाएको छ । यसअिघ १६ वटा कम्पनीलाई आशय पत्र दिएको नेपाल धितोपत्र बोर्डले हिजो बुधबार पुन थप १३ वटा कम्पनीलाई आश्य पत्र प्रदान गरेको हो । बोर्डले ब्रोकरका ती कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो ।...
बिहीबार नेप्से परिसूचक १२ अंकले बढ्यो
काठमाडौं । शेयर बजारमा अन्तिम कारोबारको दिन आज नेप्सेमा १२.७३ अंकको सुधार आएको छ । आज २७६ सूचीकृत शेयरको २५ लाख ५३ हजार ३७ लाख १४ सय कित्ता बराबरको शेयर कारोबार हुँदा ७३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसअघि बुधबार शेयर बजारमा ९ अंकको...
सन्दीप रायमाझीलाई हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो ।...
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो । नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ । आजै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको...
बाजुरामा भूकम्पको धक्का महसुस
बाजुरा । बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यसअघि बैशाख १८ गते दिँउसो २ बजेर ३५ मिनेटमा हुम्ला केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
कोरिया जाँदा तोकिए बमोजिमको मूल्यमा मात्रै हवाई टिक लिन सूचित
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाँदा तोकिए बमोजिमको मूल्यमा मात्रै हवाई टिक लिन सूचित गरिएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले सूचना जारी गर्दै सरकारसँग भएको सम्झौता अनुसार तोकिएको भाडा तिरेर कोरिया जान अनुरोध गरेको हो । गत माघ ३ गते वैदेशिक रोजगार विभागको...
पराराष्ट्रमन्त्री साउद आज बेलायत जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदै छन् । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि उनी आज बेलायत जान लागेका हुन् । उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो । स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत...
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिेखेतमा बुधबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बाराको पर्सौनि नगरपालिका वडा नम्वर ५ बस्ने २५ वर्षीय लाल बाबु सहनि मलाहा र मोटरसाइकलमा सवार २० वर्षीय गोरख भन्ने रबिन्द्र मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीताको शपथ लिँदै
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गरेका थिए । तीनै जना मन्त्री नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु...










