धुम्बाराहीमा कांग्रेस शीर्ष नेताको बैठक जारी

तु खबर संवाददाता
२०८० बैशाख २८, बिहीबार १५:५६
file-photo

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक हाल जारी छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफ भइरहेको छ ।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए । पार्टीका भ्रातृ संस्थाको विस्तार, पार्टीका केन्द्रीय विभाग गठन लगायतका विषयमा पनि छलफल भइरहेको छ ।

यस्तै, बैठकले मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मन्त्री छान्नेबारे पनि निर्णय गर्ने जनाइएको छ ।