मौसम पूर्वानुमान : यी प्रदेशमा क्षणिक वर्षा र हावाहुरीको सम्भावना

तु खबर संवाददाता
२०८० बैशाख २८,बिहीबार ०८:२४
file photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

यस्तै, राति भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । शुक्रबार भने गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।