मकवानपुर जागरण अभियानका अध्यक्ष कोइराला पक्राउ
मकवानपुर । मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइराला पक्राउ परेका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कोइरालाले ‘मानव तस्करीको आरोप लागेकी कांग्रेस नेतृ आरजु राणालाई आज हेटौंडामा सार्वजनिक रुपमा बहिस्कार गरौँ ।’ भनी सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ।
उनलाई सोही स्टाटस लेखेको आधारमा प्रहरीले पक्राउ गरेको हो । ‘हामीलाई गुनासो आएकाले किन त्यस्तो लेख्नुभएको रहेछ भनी सोधपुछको लागि ल्याएका हौँ ।’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले तु खबरसँग भने ।
सामाजिक अभियानमा क्रियाशील मकवानपुर जागरण अभियानका अध्यक्ष पक्राउ परेको घटनाको अहिले चौतर्फी विरोध भइरहेको छ । उनलाई तत्कालै विनासर्त रिहाइको माग गर्दै प्रहरीलाई दबाबसमेत सिर्जना भइरहेको छ ।
राणा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवालले संचालनमा ल्याउन लागेको खाद्यान्न पसल उद्घाटन गर्न आज हेटौंडा आएकी हुन् ।
