दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख २९, शुक्रबार ०८:२६
File Photo

दाङ । दाङमा बिहीबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीवार बेलुकी ६ बजे घोराही उपमहानगरपालिका–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका– ३ का २१ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति नै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

प्रहरीले बस र चालक दुवैलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।