एमालेले २०८४ को चुनाव लक्षित कार्यक्रम घोषणा गर्ने
काठमाडौं । नेकपा एमालेले २०८४ को चुनाव लक्षित कार्यक्रम घोषणा गर्ने भएको छ । एमालेले उक्त चुनावमा पहिलो शक्ति बन्ने गरि पार्टी परिचलानका कार्यक्रम घोषणा गर्ने भएको हो ।
बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल भइरहेको बताए ।
आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेको समेत रिजालले जानकारी दिए ।
हिजोदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो ।
