हेटौंडाका तीन होटल कारबाहीमा

तु खबर संवाददाता
२०८० बैशाख ३१, आईतवार ०८:२८

मकवानपुर । बालबालिकालाई काममा लगाउने हेटौंडाका तीन वटा होटल कारबाहीमा परेका छन् । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको तयारी भइरहेका बेला तीन वटा होटल कारबाहीमा परेको हो ।

हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्क क्षेत्रमा संचालित ती होटलले बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय, हेटौंडाले ती होटललाई जरिवानासहित कारबाही गरेको हो ।

कारबाहीमा पर्ने होटलहरुमा धादिङ, डाँफे र गण्डकी होटल रहेका छन् । श्रम कार्यालयले कानून विपरीत बालबालिकालाई श्रममा लगाउने धादिङ होटललाई ७ हजार, डाँफे होटल र गण्डकी होटललाई ३/३ हजार रुपियाँ जरिवाना गरेको हो ।

श्रम कार्यालय, हेटौंडाका अनुसार वाटिङ होटलले ११ वर्षीय बालिका डाँफेले १५ वर्षीय बालक र गण्डकीले १६ वर्षीय बालिकालाई श्रममा लगाएको पाइएको हो ।