बस दुर्घटना हुँदा ३१ जना घाइते

तु खबर संवाददाता
२०८० जेष्ठ १, सोमबार ०९:३६

चितवन । पूर्व–पश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आइतबार राति दुर्घटना भएको हो ।

बस खैरहनी नगरपालिका–८, पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।