प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० जेष्ठ १, सोमबार ०९:२६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।