संसदमा सुनाए सभामुखले टोपबहादुर पक्राउ परेको सूचना

तु खबर संवाददाता
२०८० जेष्ठ १, सोमबार १७:२३
file-photo

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाएका छन् ।

रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि रायमाझी आईतबार साँझ पक्राउ गरेको हो ।

सभामुख घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बैशाख ३१ गते राति ८ः२५ बजे बुढानीलकण्ठ–४ बाट पक्राउ गरेर हिरासतमा राखेको सदनलाई जानकारी गराएका हुन् ।

रायमाझी पक्राउ परेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार संघीय संसद सचिवालयलाई जानकारी गराएको थियो ।