देश विकास गर्न प्रदेश सरकारको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री जम्कट्टेल
रामेछाप । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देश विकासका लागि प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
सोमबार रामेछापको मन्थली माध्यमिक विद्यालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जम्कट्टेलले समग्र मुलुकको विकासका लागि तीनै तहको सरकार आवश्यक रहेकोमा जोड दिए ।
उनले पुराना तथा सामन्ती तत्वहरु संघीयता विरुद्ध लागि परेको भन्दै त्यसको कुनै तुक नरहेको बताए ।
‘यो व्यवस्था हजारौं शहीदहरूको रगत पसिना र बलिदानीबाट प्राप्त भएको हो । सामन्ती तत्वहरु व्यवस्था फेर्न हिँडिरहेका छन् । सडकमा चिच्याउँदै छन् । हचुवाको भरमा कराउँदै हिड्नुको कुनै तुक छैन ।’ उनले भने ।
उनले शिक्षा क्षेत्रको प्रर्वद्धन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
