समाचार

सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाडौँ । निरन्तर उकालो लागेको सुनको भाउ बुधबार थप ४ सय रुपैयाँले बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै सुनको भाउ प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला...

हेटौंडा जेसिजको आयोजनामा पब्लिक स्पिकिङ प्रतियोगिता हुने

मकवानपुर । हेटौंडा जेसिजको आयोजनामा पब्लिक स्पिकिङ्ग कार्यक्रम हुने भएको छ । युवाहरुको नेतृत्व विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जेसिज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार वर्तौलाले जानकारी दिए । यसै कार्यक्रम अन्तरगतको पहिलो चरणको प्रतियोगिता जेठ ६ गते, दोस्रो जेठ १३, तेस्रो जेठ १५, चौथो जेठ...

अर्घाखाँची आगलागी अपडेट : थप एक जनाको मृत्यु

बुटवल । अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर थप एक जनाको मृत्यु भएको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासे रहेका छन् । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान...

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर...

मकवानपुरका ५० घरधुरीलाई निःशुल्क सुधारिएको चुला वितरण

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ र ५ का ५० घरधुरीलाई निःशुल्क सुधारिएको चुलो वितरण गरिएको छ । थाहा नगरपालिकाको समन्वयमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र च्वाइस नेपालको सहकार्यमा थाहा नगरको दामन सिमभञ्ज्याङ क्षेत्रका ५० घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको हो । थाहा नगरपालिकाका प्रमुख...

बागमती प्रदेश युवा परिषदले खटायो ११९ प्राविधिक

मकवानपुर । बागमती प्रदेश युवा परिषद्को कार्यालयले प्रदेशको विभिन्न स्थानीय तहमा ११९ जना प्राविधिक खटाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को कार्यालयले मंगलबारबाट लागू हुने गरी ११९ जना प्राविधिक कर्मचारी स्थानीय तहमा खटाएको हो । राष्ट्रिय विकास स्वयंसेवक अन्तर्गत ‘प्रदेश स्वयंसेवक बागमती’ का विभिन्न तहका...

जसपाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको हो । सो बैठकमा सरकारमा पठाउन बाँकी एक मन्त्री, समसामयिक राजनीतिक परिस्थिति, पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी...

प्रहरीको गोली लागेर २ जना घाइते

काठमाडौं । झापामा प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । मंगलबार साँझ झापाको दमकमा भएको झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका झापा प्रहरीले...

अर्घाखाँचीमा आगोमा जलेर तीन जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगोमा जलेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेका छन् । मंगलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा जलेर पाँच जना घाइते...

मकवानपुरमा पानीमा डुबेर एक बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५ दरदरामा मंगलबार साँझ पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कल्पना थिंङको छोरी अन्दाजी १ वर्षीया सरिना डिमडुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, ती...