२३ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० जेष्ठ ३,बुधबार १६:३३
file-photo

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले घटेर १८४५ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर किनबेच हुँदा ८५ करोड ७६ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

यसअघि मंगलबार नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको थियो भने नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ६४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

यस्तै, आज नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज अन्य उपसूचकको २.३७ प्रतिशत र फाइनान्स उपसूचक २.२८ प्रतिशतले बढेको छ ।