समाचार

मौसम पूर्वानुमान : यी प्रदेशमा क्षणिक वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको...

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुने भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने भएको हो । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग...

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । खानी...

संवैधानिक इजलासद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । विशिष्ठ र अति विशिष्ठ व्यक्तिहरुले राज्यकोषबाट स्वास्थ्य उपचार खर्च पाउने कानुन खारेज गर्न माग गर्दै अधिवक्ता रादीका चम्लागाईं र स्वागत नेपालले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालत संवैधानिक इजलासले विपक्षीहरुलाई कारण देखाउ आदेश जारी गरेको छ । नेपालको संविधानको व्यवस्था र स्वास्थ्य सेवा ऐनको प्रावधानसँग बाँझिने गरी...

एकीकृत श्रम तथा रोजगार सेवा कार्यविधि २०८० लागू

काठमाडौं । एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८० लागू भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यविधि स्वीकृति गरी कार्यान्वयनमा ल्याएको हो । नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवर्द्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवर्द्धन, वैदेशिक रोजगारीको लागि श्रम स्वीकृतिमा सहजीकरण लगायतका श्रम...

टिपरको ठक्करबाट काफ्ले मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नम्वर ६ नेताचोकमा बुधबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा.प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्ले रहेका छन् । टिपरको ठक्करबाट उनको घटनास्थलमै...

चौरी गाईको पुच्छरसहित ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्वर ३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा हुनेहरुमा सोही ठाउँ बस्ने विकासकुमार महत्तो, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ वर्षीय...

दुग्ध बोर्ड हेटौंडा : आगामी आवको लागि योजना तर्जुमा कार्यक्रम

मकवानपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेश अन्तर्गत प्रदेश दुग्ध विकास बोर्ड हेटौंडाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि योजना तर्जुमा कार्यक्रम गरेको छ । बोर्डले बुधबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका दुग्ध सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागि भएका सहकारीका प्रतिनिधिहरुले...

अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले लागूऔगाधसहित विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, सिरहा, कैलाली, कञ्चनपुर र मोरङ गरी पाँच छुट्टाछुट्टै जिल्लाबाट ६ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले झापाको दमक नगरपालिका–३ शान्ति मार्ग बस्ने ६५ वर्षीया फुलमाया लिम्वु राईलाई अवैध लागूऔषध गाँजा १७ केजीसहित मंगलबार दिउँसो...

पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली भुटानी शरणनार्थी प्रकरणमा बुधबार बिहान पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि अदालतले चार दिन हिराशतमा राख्न अनुमति दिएको हो । खाँणलाई आज चुप्चेपाटीस्थित घरबाट पक्राउ गरिएको थियो । पक्राउ परेका उनलाई जिल्ला...