शेयर बजारमा ३२ अंकको सुधार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सुधार आएको छ । दुई दिनयता क्रमिक सुधार देखिन शेयर बजार आज ३२ अंकले बढेको छ ।
बुधबार २३ अंकले बढेको शेयर बजारमा आज ३२ अंकले बढेको हो । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १८७७ को विन्दुमा कायम हुन पुगेको छ ।
यस्तै, आज एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक ट्रेडिङ उपसूचक ३.७१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशतले बढेको छ ।