‘विदेश अध्ययन गर्न जाने नाममा ६७ अर्ब १९ करोड बाहिरियो’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विदेश अध्ययन गर्ने जाने नाममा ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन् । संसद्को प्रश्न उत्तर कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०७९÷०८० को ९ महिनामा उक्त रकम बाहिरिएको बताए ।
सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्न जाने नाममा ठूलो रकम बाहिरिएको बताएका हुन् । देशमै गुणस्तरीय शिक्षा दिन लागि परेको समेत प्रचण्डले बताए ।
सरकारले सरकारी र सार्वजनिक शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सबै सरकारी विद्यालयमा गुणस्तर र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारी दिन नीति परिवर्तन गर्ने योजना बनाइएको बताए ।