१० जना जुवाडे प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौंको बौद्धस्थित तिनचुलीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले बुधबार राति १० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनको होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
