रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैद सजायको फैसला सदर
काठमाडौँ । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ ।
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसलालाई सदर गरेकोे सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए ।
जिल्ला अदालत कैलालीले २०७५ फागुन १२ गते टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सजाय सुनाएको थियो । विसं २०७७ पुस ३ गते उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।
