शहिद स्मारक लिग : आज तीन खेल हुने
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तरगत आज तीन खेल हुने भएको छ । जसअनुसार दुई वटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान ललितपुरमा हुने भएको हो ।
च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यस्तै, रंगशालामा नै साँझ ६ बजे हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
