हेटौंडामा २३ जना नगर प्रहरी कार्यरत

तु खबर संवाददाता
२०८० जेष्ठ ४, बिहीबार ०९:४०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपलिकामा २३ जना नगर प्रहरी कार्यरत छन् । नगर प्रहरी निरीक्षक, हवलदार र जवान दर्जाका नगर प्रहरीहरु रहेको नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार, हेटौंडामा तीन जना महिला र २० जना पुरुष गरी २३ जना नगर प्रहरी रहेका छन् । तीमध्ये उपमहानगरपालिकाको नगर प्रहरी निरीक्षकमा १ जना, नगर प्रहरी हवलदारमा ४ जना र नगर प्रहरी जवानमा १८ जना रहेका छन् ।

नगर प्रहरीले हेटौंडा उपमहानगरपालिकाको अव्यवस्थित बजार व्यवस्थापन गर्ने, फुटपात हटाउने, मापदण्ड विपरित घरहरु बनाउने काम रोक्ने जस्ता काम गर्दै आएको नगर प्रहरी प्रमुख ढकालले बताए ।