प्रतिनिधि सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० जेष्ठ ४,बिहीबार ०७:५६
file-photo

काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको दोस्रो अधिवेसनको छैटों बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल–जवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।