नेविसंघद्वारा गणतन्त्र दिवस मनाउन ७७ वटै जिल्ला समितिलाई परिपत्र

तु खबर संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार ०८:३६

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गणतन्त्र दिवस बनाउन ७७ जिल्ला कमिटीलाई परिपत्र गरेको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार यही जेष्ठ १५ गते १६ औं गणतन्त्र दिवस मनाउन सबै जिल्ला कमिटीलाई परिपत्र गरेका हुन् ।

साथै नेविसंघका सम्पूर्ण मातहतका क्याम्पस समितिहरूले सम्बन्धित जिल्ला समितिसँग समन्वयन गरी कार्यक्रमहरू आयोजना गर्नु परिपत्र भनिएको छ ।

गणतन्त्र दिवसमा अन्तर विद्यालय र अन्तर कलेज क्याम्पस स्तरीय हाजिरजवाफ प्रतियोगिता योजना गर्न अध्यक्ष शेर्पाको निर्देशन छ ।

यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रसँग सम्बन्धित विषयक अन्तर विद्यालय र अन्तर कलेज वादविवाद तथा वक्तृत्वकला कार्यक्रम आयोजना गर्ने परिपत्रमा भनिएको छ ।